हेलम्बुमा फेरी बाढीको करहर

हेलम्बुमा फेरी बाढीको करहर

सिन्धुपाल्चोक । मेलम्चीमा फेरि आएको बाढीले २० घर बगाउनुका साथै ३ घर डुबाएको छ । बाढीले हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुलसमेत समेत बगाएको छ । पुल बगेपछि हेलम्बुसँगको सडक सम्पर्क टुटेको छ । बाढीले थप २ वटा झोलुंगे पुल र ३ वटा घर डुबानमा पारेको छ । रेडियो मेलम्चीको भवनसमेत बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार चनौटेको पक्की पुलसहित अर्को एक झोलुंगे पुल बगाएको छ । १२ पक्की घर, ८ वटा कच्ची घर बगाएको जनाइएको छ । लेदोसहित आएको बाढीले तालामाराडको प्रहरी चौकीको भान्छा घर भत्काएको छ भने अहिले पनि विभिन्न ठाउँमा पहिरो गइरहेको छ । हेलम्बुको किउल बजार जोखिममा रहेको छ । बाढीले सडक ठाउँ ठाउँमा बगाएको छ । मेलम्चीबाट माथि तालामाराड, ग्याल्थुम पुग्न सक्ने अवस्था नभएको जनाइएको छ

 


Thali Mobile Pvt.Ltd.