भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस

काठमाडौं । मेरुदण्डीय पक्षघात भएकामा ह्विलचियर प्रतियोगिता आयोजना गरेर गोकर्णस्थित राष्ट्रिय शहिद स्मारक निर्माण क्षेत्र स्थलमा शहिद दिवस मनाइएको छ ।स्मारक पर्यापर्यटन व्यवस्थापन समिति र निर्जन मेरुदण्डीय पक्षघात समूहले संयुक्तरुपमा आज आयोजना गरेको प्रतियोगितामा ५५ जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रमका विजयीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । पहिलो हुनेलाई रु १५ हजार, दोस्रो हुनेलाई रु १० हजार र तेस्रो हुनेलाई रु पाँच हजार पुरस्कार दिइएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख चालिसेले शहिद परिवारलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागका शहिद स्मारक निर्माण आयोजना प्रमुख मचाकाजी महर्जनले सरकारले प्राथमिकता दिएर काम अघि बढाएको बताउनुभयो ।कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयका सहायक सचिव डा बाबुराम अधिकारी, पर्यापर्यटन व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले शहिदको सपना पूरा गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवरमा नगर प्रमुख चालिसेले युनेस्को अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नुभएको थियो । केन्द्रमा स्टीम शिक्षा, नवीनतम् सिकाइ, अनुसन्धान, तालिम, कार्यशालालगायतको व्यवस्था गरिने जनाइएको छ । गोकर्णको यज्ञडोल ९जगडोल० सामुदायिक वनमा १३ वर्षअघिदेखि शुरु भएको स्मारक निर्माण अझै पूरा हुन सकेको छैन । सरकारको वेवास्ता र निर्माण व्यवसायीको लापरबाहीले स्मारक अलपत्र बनेको हो ।

मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । आधा बनेका संरचना विगत एक दशकअघिदेखि अलपत्र भएको छ । काम नगर्ने निर्माण कम्पनीलाई अझै सरकारले कारबाही गरको छैन । रासस

Mohotsav


Thali Mobile Pvt.Ltd.