भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

१६ सय जनाभन्दा धेरै कारबाहीमा

१६ सय जनाभन्दा धेरै कारबाहीमा

काठमाण्डौ । उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १६ सय जनाभन्दा धेरै कारबाहीमा परेका छन् । काठमाण्डौ उपत्यकामा गएको २४ घण्टामा १ हजार ६ सय ५४ जना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  ट्राफिक नियम उल्लङ्घन गर्नेलाई ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिबाना हुँदै आएको छ ।

ढोका खुला राखेर गाडी चलाउने, जथाभाबी गाडी रोकेर यात्रु चढाउने र ओराल्ने, पाटपुर्जा बिग्रिएका गाडी चलाउने, रातो बत्तीमा नरोकिने, नम्बर प्लेट स्पष्ट नभएको र जाँडरक्सी खाएर गाडी चलाउने, सडक लेन अनुशासन उल्लङ्घन गर्ने लगायतका १ हजार ६ सय ५४ जनालाई कारबाही गरिएको हो।

Mohotsav


Thali Mobile Pvt.Ltd.