३२ जेठ २०७७ काठमाण्डौ । बंगलादेशबाट १ सय ५८ जना नेपालीलाई स्वदेश फर्किएका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत उनीहरु स्वदेश फर्किएका हुन ।
फर्कने सबैसँग पीसीआर परीक्षणको रिपोर्ट भएकाले काठमाण्डौको होल्डिङ सेन्टरमा राखिने र त्यसपछि सम्बन्धित पालिकाहरुले आफ्ना क्षेत्रका नागरिकलाई क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउने बताइएको छ । सरकारले विभिन्न देशमा अलपत्र परेका झण्डै ३० हजार नेपालीलाई ल्याउने निर्णय गरेको छ ।
सरकारले नेपाल एअरलायन्सलाई २४, हिमालय एअरलायन्सलाई १९ र २४ वटासम्म विदेशी एयरलायन्सलाई उडान अनुमति दिइएको छ । विदेशबाट नेपाल आउने क्रम जारी रहेको छ ।

