भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

२० महिनापछि खुल्दै अमेरिकामा प्रवेश अनुमति

२० महिनापछि खुल्दै अमेरिकामा प्रवेश अनुमति

काठमाडौ । अमेरिकाले कोरोना महामारी फैलिएपछि बन्द गरेको प्रतिबन्ध हटाउँदै डबल डोज खोप लगाएका विदेशी आगन्तुकका लागि प्रवेश अनुमति दिने भएको छ । अमेरिकाले २० महिनादेखि लगाएको प्रवेश प्रतिबन्धबाट बेलायतसहित युरोपेली युनियन सम्वद्ध ३० देशका नागरिक प्रभावित हुदै आएका थिए ।

उनीहरुलाई अमेरिकामा रहेका परिवारका सदस्य भेट्न जाने अनुमति पनि दिइएको थिएन । अमेरिकी प्रतिबन्ध हट्ने खबरसंगै एअरलाइन्सहरुमा टिकट बुकिङको बाढी लाग्न थालेको ट्राभल एजेञ्सीहरुले बताएका छन् । कोरोना भाइरस फैलिएपछि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुरुमा चीनबाट जाने आगन्तुकलाई प्रतिबन्ध गरेको थियो भने विस्तारै त्यसको दायरा बढाएर युरोपेली युनियन, बेलायत, भारत, दक्षिण अफ्रिका, इरान, ब्रजिललगायतका मुलुकसम्म पु¥याईएको थियो ।

नयाँ नियम अनुसार अब अमेरिका जान चाहनेहरुले डबल डोज खोप लगाएको प्रमाण, तीन दिन भित्रको कोरोना नेगेटिभ रिपोर्ट र अमेरिका पुगेपछिको सम्पर्क नम्बर उपलब्ध गराउनु पर्ने छ । तर पर्यटकहरुले अमेरिका पुगेर क्वारेन्टिनमा बस्नु पर्नेछैन । यसैगरी क्यानडा र मेक्सिकोसंगको सिमाना पनि खुला गरिने भएको छ ।

 


Thali Mobile Pvt.Ltd.