काठमाण्डौ । नेपालले साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । आयोजक माल्दिभ्सले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
ढाकामा भएको त्यस संस्करणको साफको सेमिफाइनलमा नेपाल ३–० ले पराजित भएको थियो । नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले माल्दिभ्सविरुद्ध २०१८ को साफमा बेहोरेको हारको बदला समेत लिएको छ ।
नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । यस जितसँगै नेपालले पहिलो खेलमा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।

