३० लाखकाे बजेट, बालुवामा पानी ।
३० लाखको कजवे,३० दिनमै भत्कियो ।
गुणस्तर हिन काम, बदनामीको इनाम ।
३० लाखको बजेट, बालुवामा पानी ।
२०७७ भाद्र ८ , प्रदेश २ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् प्रदेशसभा सदस्य शत्रुधन महतोले संसद् विकास कोषको बजेटबाट निर्माण गराएकोे कजवे गुणस्तरहीन भएको छ । कजवे गुणस्तरहीन भएपछि एक महीना नपुग्दै भत्किएको स्थानीयले बताएका छन् ।
धनुषाको मिथिला नगरपालिकामा रू। ३० लाखको लागतमा निर्माण गरिएको उक्त कजवे ३० दिन नबित्दै भत्किएको हो । मिथिला नगरपालिका–६ कुसुमबिसौना हुँदै ढल्केवर जाने सुखजोर खोलामा बनाइएको कजवे कमसल भएकै कारण भत्किएको स्थानीयले बताए ।
पुरानो कजवेको उचाइ भन्दा १ फिटमाथि सोही ढाँचामा निर्माण गरिएकोमा पानी निकास हुन नसकेर कजवेको दुवैपट्टिबाट भत्किएको स्थानीयले बताए । उपभोक्ता समितिका अध्यक्ष उमेश कुमार महतोले ३० लाखको काम १० दिनभित्रै गर्नुपरेको भन्दै निर्मित कजवेप्रति आफूहरूको समेत चित्त नबुझेको जानकारी दिए ।
लवकुशचोकदेखि मिथिला नगरपालिकाको ढल्केवर जोड्ने कजवे योजनाका उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । कजवे निर्माणमा कमसल सामग्रीको प्रयोग गर्दा निर्माण पूरा नहुँदै भत्किएको स्थानीयको बुझाइ छ ।
