भर्खरै : Sorry, your browser does not support inline SVG.

५३ हजार डलर राशिको पुरस्कार इरानको प्रहरी हिरासतमा ज्यान गुमाएकी अमिनीलाई दिइने

५३ हजार डलर राशिको पुरस्कार इरानको प्रहरी हिरासतमा ज्यान गुमाएकी अमिनीलाई दिइने

एजेन्सी । इरानी कुर्द महिला महसा अमिनीलाई युरोपेली सङ्घले सखारोभ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । महसा अमिनीलाई आफ्नो सर्वोच्च मानवअधिकार सम्मान दिने युरोपेली सङ्घले घोषणा गरेको हो ।

एक वर्षअघि महसा अमिनीको इरानी प्रहरीको हिरासतमा ज्यान गएपछि इरानमा ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन शुरु भएको थियो । अमिनीको सन् २०२२ को सेप्टेम्बर १६ मा ज्यान गएको थियो । उनलाई इरानको धार्मिक प्रहरीले इस्लामिक रिपब्लिकको ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो ।

उनको नाममा ५३ हजार डलर राशिको सखारोभ पुरस्कार डिसेम्बर १३ मा युरोपेली संसदमा हुने एक समारोहमा प्रदान गरिने छ । यसअघि यस वर्षको नोबेल शान्ति पुरस्कार इरानमा बन्दी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिने घोषणा भएको छ ।

उनका परिवार र समर्थकहरुले उनको हत्या भएको दाबी गरेका छन् । युरोपेली संसदकी सभामुख रोबर्टा मेत्सोलाले २२ वर्षकी महसा अमिनीको निर्मम हत्याले एउटा ठूलो घटना साबित भएको र यसले महिला नेतृत्वको आन्दोलन शुरु गरेर इतिहास रचेको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.