धनगढी । भारतीय नाकाबाट ९५ हजार मानिस नेपाल आएका छन् । कञ्चनपुर गड्डाचौकी नाकाबाट ६३ हजार १ सय ७६ र कैलालीको गौरीफन्टा नाकाबाट ३१ हजार ६ सय ५४ जना भित्रिएको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ ।
नेपाल आउने र जानेहरूको परीक्षण गरिरहेका स्वास्थ्यकर्मीले कञ्चनपुरको गड्डाचौकीमा नेपाल आउनेको भीडले गर्दा स्वास्थ्य परीक्षणमा समस्या परेको बताएका छन् । भारतमा कर्फ्यु लागेपछि नेपाल आउनेहरूको संख्यामा अहिले कमी आएको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नेपाल भारत सीमा क्षेत्रमा बढी चहलपहल भएको भन्दै ११ गते देखि सीमा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।