भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

अज्ञात समूहले लगायो आगो

अज्ञात समूहले लगायो आगो

सोलुखुम्बु । मिड सोलु हाइड्रोपावर सोलुखुम्बुमा प्रयोग भएको जेसीबी मेसिनमा अज्ञात समूहले आगजनी गरेको छ । मिड सोलु हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३–०१००३ प्र ७०४८ नम्बरको मेसिनमाथि अज्ञात समूहले आगजनी गरेकोे हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार गत मंगलबार हाइड्रोपावरले कार्यक्षेत्रमै पार्किङ गरि राखेर अपरेटर दशैँ मनाउन घर गएको समयमा मेसिनमा आगजनी भएको हो । करिब सात महिना देखि हाइड्रोपावरले प्रयोग गर्दै आएको जेसीबी कुन दिन आगजनी भएको हो भन्ने यकिन नभएको र आइतबार मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको सोलु प्रहरीले जनाएको छ ।

यस घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलु दुधकुण्ड नगरपालिका ६ का दिलकुमार बस्नेतको उक्त जेसिबी मेसिन संगीता कन्स्ट्रक्सन काठमाण्डौको नाममा रहेको खुल्न आएको छ । आगजनीबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेको सो मेसिनको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.