भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने

अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको प्रशासनले एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको हो ।

व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो ।

भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.