भर्खरै : Sorry, your browser does not support inline SVG.
सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान |

अधिकांश स्थानमा वर्षाको सम्भावना

अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, । देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विगत केही दिनयतादेखि सक्रिय मनसुन बुधबारदेखि केही कमजोर भई मौसममा सुधार हुने सम्भावना रहेको विभागका मौसमविद् मञ्जुबासीले बताउनुभयो । हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.