भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

अध्यक्षमा जोशीद्वयको उम्मेदवारी

अध्यक्षमा जोशीद्वयको उम्मेदवारी

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको अध्यक्ष पदका लागि पिताम्वर जोशी र गणेशदत्त जोशी चुनावी मैदानमा उत्रिएका छन् ।

कञ्चनपुरमा व्यावसायिक क्षेत्रमा सक्रिय पिताम्बर बाणिज्य संघको बहाल बरिष्ठ उपाध्यक्ष हुन भने गणेश पूर्वअध्यक्ष हुन् । सङ्घको नेतृत्वका लागि दुवैजना आ–आफ्नो टोलीसहित चुनावी मैदानमा उत्रिएका छन् । पिताम्वर प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ, सचिवमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् ।

यही असार २५ गते महेन्द्रनगरमा हुने निर्वाचनका लागि प्यानलसहित जिल्लाभर चुनावी दौडमा दुवै प्यानल छन् । पिताम्बर प्यानलले आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ । सङ्घका वर्तमान अध्यक्ष जङ्गबहादुर मल्ल, पूर्वअध्यक्ष हेमराज पाण्डेय, माधव भट्टलगायतको साथ रहेको भन्दै आफू जित्नेमा पिताम्बर आशावादी हुनुहुन्छ ।

व्यवसायीको स्म्मान, मुलुक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले आफू व्यापारी, व्यवसायीको हकहित र अधिकारका लागि सक्रिय रहने बताउनुभयो । “सुख्खा बन्दरगाह, औद्योगिक क्षेत्र स्थापनादेखि मझगाउँ विमानस्थल सञ्चालनसम्मका निजी क्षेत्रको पहिलेदेखि नै सक्रिय पहल रहेको उहाँको भनाइ थियो । उहाँको प्उानलबाट वाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र महासचिवमा खगेश्वरप्रसाद जोशी चुनावी प्रतिस्प्रर्धामा छन हुनुहुन्छ ।

गणेशदत्त प्यानलबाट बाणिज्य उपाध्यक्षमा विनोद जोशी र महासचिवमा निर्मला सापकोटा भट्ट उम्मेदवार बन्नुभएको छ । तीन हजार २०० भन्दा बढी मतदाता रहेको उद्योण वाणिज्य सङ्घको १७औँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षसहित ११ पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.