भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटनमा परी दुई महिलाको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्तमा बम विस्फोटनमा परी दुई महिलाको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा एक बम विस्फोटमा परी दुई महिलाको ज्यान गएको छ । यस विस्फोटमा परी अन्य एक किशोरी गम्भीर घाइते भएका एक स्थानीय अधिकारीले बुधबार पुष्टि गरेका छन् ।

ललपुर जिल्लाको वार्साक गाउँको एउटा घरमा मंगलबार युद्धका अवशेषहरू विस्फोट हुँदा यो घटना भएको प्रान्तीय प्रहरी निर्देशनालयका बसिर जाबुलीले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । स्रोतका अनुसार एकजना पीडितले नजिकैका पहाडहरूबाट दाउरा सङ्कलन गरेर गाउँमा स्क्र्याप धातुका रूपमा बेच्ने प्रयासमा युद्धका अवशेषहरु फेला पारेका थिए ।

 


Thali Mobile Pvt.Ltd.