भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानको हेल्मान्डमा ४५ लडाकू मारिए

अफगानिस्तानको हेल्मान्डमा ४५ लडाकू मारिए

काबुल । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइतेसमेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् । “हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भएको,” रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

घटनास्थलबाट सुरक्षाकर्मीले यातायातका साधन, विस्फोटक पदार्थलगायत लडाकूले प्रयोग गर्दै आएका महत्वपूर्ण सामग्री नियन्त्रणमा लिएका छन् । त्यसैगरी बल्ख प्रान्तमा पनि अरु २७ लडाकू मारिनुका साथै चार घाइते भएको रक्षा मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । त्यसैगरी हेरात प्रान्तमा पनि २१ तालिवान लडाकू सुरक्षा कारबाहीका क्रममा मारिएको ती सुरक्षा अधिकारीले जनाएका छन् । तालिवान लडाकूले देशका विभिन्न क्षेत्रमा हिंसात्मक क्रियाकलाप बढाएका छन् भने सरकारी सुरक्षाकर्मीले पनि त्यसका जवाफी सुरक्षा कारबाही चलाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.