भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अफगानिस्तानमा भारतीय दूतावास पुनः सञ्चालनमा

अफगानिस्तानमा भारतीय दूतावास पुनः सञ्चालनमा

काठमाडौं । तालिबानीहरु अफगानिस्तानको नेतृत्वमा आएपछि बन्द भएको भातदीय दूतावास भारत सरकारले राजधानी काबुलमा आफ्नो राजदूतावास पुनः सञ्चालनमा ल्याएको छ। कम्तिमा १ हजार मानिसको मृत्यु हुने गरी बुधबार अफगानिस्तानमा शक्तिशाली भूकम्प गएर मानवीय क्षति भएपछि राहात वितरण कार्य सञ्चालन गर्न र आफ्नो कुटनीतिक कार्यहरु अगाडी बढाउन भारतले दूतावास सञ्चालनमा ल्याएको हो ।

भारत सरकारले पठाएको राहत प्रभावित क्षेत्रमा पुगिसकेको भारतीय अधिकारीहरुले बताएका छन् । तानीबानी नेतृत्वसंग भारत सरकारले जुन २ मा छलफल गर्दै सुरक्षाको प्रत्याभूति हुने भएपछि पुनः दूतावास खोल्न तयार भएको भारतीय सञ्चारमाध्यमले जनाइरहेका छन् ।

तालिबानीको सत्ता कब्जापछि बन्द भएकामध्ये हालसम्म भारतसहित १५ देशले पुनः दूतावास सञ्चालन गरिसेको बताइन्छ । अफगानिस्तानमा तालिबानीहरुले सत्ता नियन्त्रणमा लिएपछि विश्वका धेरै देशहरुलेले आफ्ना दूतावास बन्द गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.