अफ्रिकामा कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्न अभाव

अफ्रिकामा कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्न अभाव

काठमाडौँ । अफ्रिकी देशलाई सम्भावित खाद्य सङ्कटको जोखिम घटाउन अफ्रिकी विकास बैंक (एएफडीबी) ले १ दशमलव ५ अर्ब अमेरिकी डलर अनुमोदन गरेको छ ।

बिउ र स्थानीय उत्पादन बढाउन यान्त्रिकरणका लागि बैंकको सहयोग आवश्यक रहेकाले बैंकले उक्त रकम अनुमोदन गरेको हो ।
तत्काल २० लाख अफ्रिकी साना किसानलाई प्रमाणित बिउ उपलब्ध गराउने तयारी गरिएको जनाइएको छ ।

यो सहयोगले कृषि मलको पहुँच बढाउने र खाद्यान्नको उत्पादन बढाउन किसानलाई सक्षम बताउदै रूस–युक्रेन सङ्कटबाट उत्पन्न खाद्य आपूर्तिको अवरोधका कारण अफ्रिकाले अहिले कम्तीमा तीन करोड मेट्रिक टन खाद्यान्नको अभाव सामना गर्नुपरेको उल्लेख गरिएको छ । अफ्रिकामा गहुँ, मकै र भटमासजस्ता प्रमुख खाद्यान्नको अभाव रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.