भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

अमेरिकामा प्रहरी अधिकारीले गरे १३ वर्षीय किशोरको गोली हानी हत्या

अमेरिकामा प्रहरी अधिकारीले गरे १३ वर्षीय किशोरको गोली हानी हत्या

अमेरिका । न्युयोर्कका एक प्रहरी अधिकारीले एक किशोरलाई गोली हानी हत्या गरेका छन् । प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएको प्रहरी अधिकारीको दाबी छ। प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान गरेको किशोरलाई शुक्रबार राति रोकेपछि उनी भागेका थिए ।

प्रहरीकाअनुसार ती किशोरले हतियार देखाएपछि एक अधिकारीले उनलाई गोली हानेका हुन्। उनको स्थानीय अस्पतालमा लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीले १३ वर्षीय किशोरलाई किन रोके भन्ने कुनै कारण खुलाइएको छैन। प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत संलग्न अधिकारी र किशोरको नाम खुलाइएको छैन ।

युटिकाका मेयर माइकल पी ग्यालिमेले पुलिस ब्रिफिङपछि दोभाषेको सहयोगमा परिवारका सदस्यहरूसँग कुरा गर्ने प्रयास गर्दा किशोरकी आमा विचलित देखिइन् । अमेरिकी मिडियाले उक्त किशोरको परिवार म्यानमारबाट आएका शरणार्थी भएको बताएको छ । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.