भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा तयार पार्दै

युक्रेनी राष्ट्रपति जेलेन्स्की रुससँगको युद्ध अन्त्य गर्ने योजनाको मस्यौदा तयार पार्दै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न व्यापक योजना तयार गरिरहेको बताएका छन् । जेलेन्स्कीले राजधानी किभमा पत्रकार सम्मेलन गरी विश्वको बहुमतले समर्थन गर्ने गरी युद्ध अन्त्यको योजना बनाइरहेको बताए कतारी सञ्चारमाध्ययम अल जजिराले जनाएको छ ।

जेलेन्स्कीले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग पत्रकार सम्मेलन गरेका हुन् । उनले यो कूटनीतिक बाटो भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै रुससँग अहिले कुनै वार्ता भने नभएको बताए । युक्रेनले शान्ति वार्ता शुरू हुनअघि क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रुसले आफ्नो सेना फिर्ता लिनुपर्ने अडान लिएका कारण लामो समयदेखि दुई देशबीच वार्ता भएको छैन ।

पछिल्लो समय रुसी सेनाले युक्रेनमा आक्रमण बढाएका छन् । युक्रेनको झन्डै २५ प्रतिशत भाग रुसले पूर्ण रूपमा कब्जा गरिसकेको छ । युक्रेनी राष्ट्रपती जेलेन्स्कीले सैनिक र नागरिकको उच्च मृत्युदरलाई औँल्याउँदै युद्ध अन्त्यका लागि आफूहरूसँग धेरै समय नभएको बताएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.