भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदै

फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदै

फ्रान्स । फ्रान्समा आज आम चुनावको पहिलो चरण शुरु हुँदैछ । युरोपेली संसदीय चुनावमा कट्टर दक्षिणपन्थी नेसनल र्‍याली पार्टीले ठूलो सफलता हासिल गरेपछि राष्ट्रपति इमानुयल म्याक्रोले संसद् विघटन गरेर संसदीय चुनावको घोषणा गर्नुभएको हो । आजदेखी शुरु हुने चुनावको सर्वेक्षणमा पनि राष्ट्रपति म्याक्रोको पाटी पछाडी देखिएको फ्रान्सेली सञ्चारमाध्ययम एनपीआरले जनाएको छ ।

यो चुनावमा फ्रान्सको संसदको तल्लो सदन नेशनल एसेम्बलीका पाँच सय ७७ सदस्य निर्वाचित हुनेछन् । यही सदनले देशको कानुन बनाउँछ । संसदको माथिल्लो सदन, अर्थात् सिनेटका सदस्यहरू नेशनल एसेम्बली र स्थानीय निकायद्वारा संयुक्त रूपमा निर्वाचित हुन्छन् ।

आजको चुनावमा फ्रान्सको मुख्य भूमिमा रहेका सबै पाँच सय ७७ संसदीय निर्वाचन क्षेत्र र फ्रान्सबाट टाढा जनसङ्ख्या भएको क्षेत्र र विभागमा मतदान हुनेछ । विदेशमा बस्ने फ्रान्सेली नागरिकले पनि आजै चुनावमा मतदान गर्न सक्छन् । दोस्रो चरण अन्तर्गत जुलाई ७ मा सबै सिटमा पुनः मतदान हुनेछ ।

जसमा मतदाताले पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार मध्येबाट छनोट गर्नेछन् । संसदमा बहुमत प्राप्त गर्न कुनै पनि दल वा गठबन्धनले दुई सय ८९ सिट जित्नुपर्छ । यसअघि सन् २०२२ को जुनमा भएको आम चुनावमा राष्ट्रपती म्याक्रोको पार्टी रेनाइसेन्सले सबैभन्दा धेरै एक सय ७२ सिट जितेको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.