भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज खोप दिने

काठमाडौँ । अमेरिकाले जुन अन्तिमसम्म विभिन्न मुलुकलाई ८ करोड डोज खोप उपलब्ध गराउने उल्लेख गरेकाे छ  । राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका हुन्। तर, कुन-कुन मुलुकलाई खोप दिने भन्ने बाइडेनले केही पनि खुलाएका छैनन् ।

‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’ अमेरिकाले फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिएको छ ।

अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइनसकेको अमेरिकाले यसअघि ती कम्पनीले बनाएको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो। बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने पनि बताएका छन् ।

यसअघि उनले अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएकोमा थप दुई करोड डोज खोप पनि दिने घोषणा गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.