भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

अमेरिकाले सेप्टेम्बर ११ अगावै अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले आगामी सेप्टेम्बर महिनाको ११ तारिखसम्ममा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सैनिक फिर्ता ल्याउने बताउनुभएको छ । तर पनि अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा भने उहाँले गर्नुभएको बताइएको छ । यो सँगै उहाँले अफगानिस्तानमा रहेको अमेरिकाको सबैभन्दा लामो समयको युद्धको अन्त्यको घोषणा पनि गर्नुभएको बताइएको छ । बुधबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनले भन्नुभयो– हामीले अब अफगानिस्तानमा जारी रहेको युद्धको अन्त्यको घोषणा गरिसकेका छौँ, त्यहाँ रहेका अमेरिकी सेना हामीले फिर्ता गर्ने भएका छौँ ।

त्यस सम्बोधनका क्रममा उहाँले यही मे १ तारिखदेखि नै अमेरिकी फौज फिर्ता गर्ने प्रक्रिया शुरु हुने पनि उहाँले बताउनुभएको थियो ।समाचारमा जनाइएअनुसार सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उहाँले सो कुराको घोषणा बुधबार गर्नुभएको हो । उहाँले भन्नुभएको थियो– यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो र यसै अनुसारको निर्णय हामीले अब गरिसकेका छौँ ।अमेरिकाका अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वल्र्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाको २० औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको यो घोषणासँगै सेप्टेम्बर ११ अघि नै सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने भएका हुन् । यतिखेर अफगानिस्तानमा नौ हजार ६०० नेटो सैनिक रहेका छन् ।ती नेटो सैनिकमध्ये कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सेना रेहका छन् । तर पनि अफगानिस्तानमा रहेका अमेरिकी सैनिकको संख्या भने समय समयमा थपघट भइरहने गर्दछ । तर पनि अमेरिकी सञ्चारमाध्यमहरूले भने अहिले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको कुल संख्या ३ हजार ५०० को नजिक रहेको जनाएका छन् ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानमा २ हजार ४८८ जना अमेरिकी सेनाको यस लामो युद्धका क्रममा निधन भएको जानकारी पनि दिनुभएको थियो । साथै उहाँले यस युद्धका क्रममा २० हजार भन्दा बढी अमेरिकी सेना घाइते भएका पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।यस बारेमा नेटोका अरु सदस्य राष्ट्रहरु र अफगानिस्तानमा हिंसा गरिरहेको तालिबान आतंककारीहरुको विचार भने सार्वजनिक भएको छैन ।

 


Thali Mobile Pvt.Ltd.