भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

अमेरिकास्थित उभाल्डे सहरकाे एक प्राथमिक विद्यालयमा गोलीबारी कम्तिमा १८ जनाको मृत्यु

अमेरिकास्थित उभाल्डे सहरकाे एक प्राथमिक विद्यालयमा गोलीबारी कम्तिमा १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकास्थित टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा विद्यालयका विद्यार्थी र शिक्षक रहेको बताइएको छ । उक्त घटना अमेरिकाको उभाल्डे सहरमा भएको हो । गोली काण्ड ५ वर्षदेखि ११ वर्षसम्मका विद्यार्थीहरु पढ्ने रोब इलिमेन्टरी स्कूलमा भएको बताइन्छ ।

विभिन्न अमेरिकी सञ्चारमाध्यमले उक्त घटनामा मारिने २१ जना पुगेको जनाएको छ । मारिनेमध्य १८ जना बालबालिका र तीन जना वयस्क माडियाले जनाइरहेका छन् ।
त्यस्तै टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको र उनले आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएको बताएका छन् । घटनास्थलमा गएका प्रहरी र संदिग्ध व्यक्तिको दोहोरो फाइरिङ्गमा ती व्यक्ति रोमासको घटनास्थलमा मृत्यु भइसकेको बताइन्छ ।

गन वाइलेन्स आर्काइभले यस वर्ष मेको मध्यदेखि हालसम्म २१५ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.