भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकास्थित उभाल्डे सहरकाे एक प्राथमिक विद्यालयमा गोलीबारी कम्तिमा १८ जनाको मृत्यु

अमेरिकास्थित उभाल्डे सहरकाे एक प्राथमिक विद्यालयमा गोलीबारी कम्तिमा १८ जनाको मृत्यु

एजेन्सी । अमेरिकास्थित टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा विद्यालयका विद्यार्थी र शिक्षक रहेको बताइएको छ । उक्त घटना अमेरिकाको उभाल्डे सहरमा भएको हो । गोली काण्ड ५ वर्षदेखि ११ वर्षसम्मका विद्यार्थीहरु पढ्ने रोब इलिमेन्टरी स्कूलमा भएको बताइन्छ ।

विभिन्न अमेरिकी सञ्चारमाध्यमले उक्त घटनामा मारिने २१ जना पुगेको जनाएको छ । मारिनेमध्य १८ जना बालबालिका र तीन जना वयस्क माडियाले जनाइरहेका छन् ।
त्यस्तै टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको र उनले आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफल लिएर विद्यालयमा गएको बताएका छन् । घटनास्थलमा गएका प्रहरी र संदिग्ध व्यक्तिको दोहोरो फाइरिङ्गमा ती व्यक्ति रोमासको घटनास्थलमा मृत्यु भइसकेको बताइन्छ ।

गन वाइलेन्स आर्काइभले यस वर्ष मेको मध्यदेखि हालसम्म २१५ वटा यस्ता गोलीकाण्डहरू रेकर्ड गरेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.