भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमणमा जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमणमा जाने

एजेन्सी । कोलोराडो भ्रमणको योजना रद्द गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमणमा जाने भएका छन् । उनले बुधबार इजरायलको भ्रमण गर्ने भएका हुन । प्यालेस्टिनको विद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलले गरिरहेको जवाफी आक्रमण र अबको योजनाबारेमा जानकारी लिन बाइडेन इजरायल जान लागेका हुन । गाजामा मानवीय सहायताको अवस्थाबारेमा पनि जानकारी लिने कार्यक्रम रहेको छ ।

इजरायलले रोकेको पानी, औषधि र खाद्यान्नको आपूर्ति पुनः खुल्ला गरे पनि सहज भएको छैन । गाजाका १० लाखभन्दा धेरै मानिस विस्थापित भएका छन् । उत्तरी गाजाका प्राय : भवनहरु भत्किएका छन् । १० दिनदेखि चलिरहेको युद्धमा दुवै तर्फका गरी ४ हजार १ सय ५० जनाभन्दा धेरै मारिएका छन् । गाजामा भत्किएका भवनमा एक हजार जनाभन्दा धेरै मानिस पुरिएको बीबीसीले जनाएको छ ।

बाइडेन इजरायल भ्रमणपछि मध्यपर्व सुरक्षाको बारेमा छलफल गर्न जोर्डन जाने कार्यक्रम छ । इजरायली सेनाले गाजामा रकेट आक्रमण गरिरहेको छ । हमासले पनि सीमा क्षेत्रसहित इजरायलको राजधानी तेल अभिभमा रकेट प्रहार गरिरहेको छ । अहिले गाजा क्षेत्रको जनजीवन अस्तव्यस्त रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.