भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकी राष्ट्रपति र पत्रकारलाई रुसले लगायो प्रतिबन्ध

अमेरिकी राष्ट्रपति र पत्रकारलाई रुसले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय अमेरिकीलाई रुसले प्रतिबन्ध लगाएको छ ।

रुसले अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो ।

यसअघि अमेरिकाले प्रतिबन्ध लगाएको थियो । त्यसकै जवाफमा रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको हो ।

रुसले प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्य र पत्रकार पनि छन् । प्रतिबन्धमा पर्नेमा सीएनएनका एंकर एरिन बर्नेट, एमएसएनबीसीका प्रस्तोता राहेल मादावो, स्कारबोरो लगायत छन् ।

रुसविरुद्ध भ्रामक प्रचार प्रसार गरेकाले उनीहरुलाई कालोसूचीमा राखेर रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी अधिकारीले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.