भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल

अर्जेन्टिना । अर्जेन्टिनाको मन्त्रिपरिषद्मा शुक्रबार फेरि फेरबदल गरिएको छ । राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गर्नु भएको जनाइएको छ ।
नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाउनु भएको छ ।

योसँगै प्रमुख प्रशासकको जिम्मेबारी पनि जोन मन्जुरलाई दिइएको छ । उहाँ यसअघि तुकुमन प्रान्तको गभर्नर हुनुहुन्थ्यो । राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उहाँ विदेशमा रहनु भएको बेला पदमुक्त गर्नु बएको छ । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको जानुभएको छ । सो सम्मेलन शनिबारदेखि शुरु भएको छ ।

सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भएपनि उहाँको भ्रमण स्थगित भएको छ । उहाँले देश भित्रको राजनीतिक संकटकै कारणले भ्रमण स्थगित गर्नु भएको उहाँको सचिवालयले जनाएको छ । उहाँले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइसक्नु भएको छ ।

मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार सपथ ग्रहण गराउँदै जिम्मेबारी सुम्पिने राष्ट्रपतिको योजना छ । उहाँले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गर्नु भएको छ । यसअघि सो पदमा जोन पाब्लो बिओन्डी हुनुहुन्थ्यो ।

 


Thali Mobile Pvt.Ltd.