भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अलपत्र १४ वर्षीया किशोरीको उद्दार

अलपत्र १४ वर्षीया किशोरीको उद्दार

म्याग्दी । धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरिएको छ । पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरी परिवारको जिम्मा लगाएका हुन् ।

गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो ।

आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारलाई जिम्मा लगाएको क्लबका सचिव दिल रानाले बताए ।

 


Thali Mobile Pvt.Ltd.