भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय पक्राउ

अवैध नेटवर्किङ धन्दामा संलग्न भारतीय पक्राउ

चितवन । चितवनमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गर्ने भारतीयहरूको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरूले यहाँका नागरिकलाई नेटवर्किङमा फसाएर ठग्ने गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ व्यवसायमा संलग्न दुई भारतीय तथा एक नेपाली गरी तीन जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । २८ वर्षीय भारतीय नागरिक जितेश वर्मा, अर्का भारतीय नागरिक ३४ वर्षीय अङ्कित शर्मा र भरतपुर–२६ का ३६ वर्षीय सरोज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनीहरूलाई भरतपुरमा रहेको सिजी ल्याण्डमार्कको फर्न रेसिडेन्सी चितवन होटलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

होटलमा केही मानिस जम्मा गरेर नेटवर्किङमा लाग्न प्रेरित गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उनीहरूले ‘क्यु नेट’ नामक नेटवर्किङ सञ्चालन गरिरहेका थिए । उनीहरूले केही मानिसलाई पहिल्यै सदस्य बनाएर लगानी गर्न लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उनीहरूले थप मानिसलाई सदस्य बन्न प्रेरित गरिरहेका थिए ।

कति मानिस सदस्य बने भन्ने कुरा अझै पनि अनुसन्धानकै क्रममा रहेको उहाँको भनाइ छ । उनीहरूविरुद्ध ठगीमा परेकाहरुले ठगी मुद्दामा प्रहरी कार्यालयमा जाहेरी दिइसकेका छन् । ‘क्यु नेट’ दर्ता पनि नगरिएको र यो नितान्त ठग्ने उद्देश्यले आएको प्रारम्भिक अनुसन्धानमा खुलेको अधिकारीले बताउनुभयो ।

यी गतिविधि सिमानामा पर्ने नेपालका अन्य सहरमा पनि सञ्चालन गरेको हुनसक्ने अनुमान रहेको र यसबारे पनि अनुसन्धान हुने उहाँले बताउनुभयो । प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “नेपालमा पिरामिड शैलीमा हुने नेटवर्किङ अवैध छ । त्यसैले नेपालमा यो सञ्चालन गर्न पनि पाइँदैन । सदस्य पनि बन्न पाइँदैन । कोही पनि यो नेटवर्किङमा नलाग्नु हुन म आग्रह गर्दछु ।”

 


Thali Mobile Pvt.Ltd.