भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक

असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक

कर्णाली । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले असारे विकास संस्कृति परिणाममुखी विकासको बाधक भएको बताउनुभएको छ ।
उर्जा मन्त्रालयका सचिव, योजना महाशाखा तथा दशवटै जिल्लाका कार्यालय प्रमुखसँगको आजको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासले कामको गुणस्तरमा प्रश्न चिन्ह खडा गर्ने जनाउनुभयो ।

तोकिएकै समयमा बजेट कार्यान्वयन गर्ने परम्पराको विकास गर्न मन्त्रालयले कार्यान्वयनमुखी बजेट ल्याएको उहाँको दावी छ । “असार महिनाको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने विद्यमान संस्कृतिको अन्त्य गर्न सबै क्षेत्र लाग्नुपर्दछ”, उहाँले भन्नुभयो, “परम्परागत विकासशैलीको निरन्तरताले आजको व्यवस्था प्रणालीलाई पनि त गिज्याइरहेको छ नि सबैले इच्छाशक्ति देखाएर आ–आफ्नो दायित्व पुरा गरौं ।

हरेक योजनाहरु निर्धारित समयमै सम्पन्न हुन्छन् । असार कुर्नै पर्दैन ।” आगामी आवको बजेट समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई उहाँले निर्देशन दिनुभएको छ । “मन्त्रालयले वितरणमुखी होइन, कार्यान्वयनमुखी बजेट ल्याएको छ । बेलैमा सम्पन्न गर्ने लक्ष्यका साथ अहिलेदेखिनै योजना बनाउनतर्फ लाग्नुहोस्”, मन्त्री श्रेष्ठले भने ।

कर्णालीमा विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेको औंल्याउनुभएको उहाँले बजेट अख्तियारी पाउनेबित्तिकै कार्यान्वयनतर्फ लागे असार कुर्नु नपर्ने र सबै योजना सम्पन्न हुने दावी गर्नुभयो । भर्चुअल बैठकमा १० जिल्लाका कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुँदै आएको गुनासो राखेका थिए । उनीहरुले समयमै अख्तियारी नआउने विषयले पनि तोकिएको समयमा काम गर्न गाह्रो हुने गरेको औंल्याएका थिए ।

 


Thali Mobile Pvt.Ltd.