भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइजिपीको अमेरिका भ्रमण रद्द, फरार टोपबहादुरलाई पक्रन कडा निर्देशन

आइजिपीको अमेरिका भ्रमण रद्द, फरार टोपबहादुरलाई पक्रन कडा निर्देशन

काठमाडौं । एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार रहेको भन्दै प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले परिपत्र गरेको हो ।

पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकाय परिचालन गरिएको छ । पक्राउ पुर्जी जारी हुदाका वखत रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागि भएका थिए ।

प्रहरीलाई सघाउने भन्दै काठमाडौं हिँडेका राइमाझी छोरा सन्दीप पक्राउ परेपछि बिहीबार बिहानदेखि फरार रहेको प्रहरीले बताएको छ । सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द गरिएको छ ।

अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’ सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो । भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोतको दावी छ ।

आइजिपी कुँवरको भ्रमण रद्द भएको प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए । मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा भ्रमण रद्द गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.