भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

आइजिपीको अमेरिका भ्रमण रद्द, फरार टोपबहादुरलाई पक्रन कडा निर्देशन

आइजिपीको अमेरिका भ्रमण रद्द, फरार टोपबहादुरलाई पक्रन कडा निर्देशन

काठमाडौं । एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार रहेको भन्दै प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले परिपत्र गरेको हो ।

पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकाय परिचालन गरिएको छ । पक्राउ पुर्जी जारी हुदाका वखत रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै सहभागि भएका थिए ।

प्रहरीलाई सघाउने भन्दै काठमाडौं हिँडेका राइमाझी छोरा सन्दीप पक्राउ परेपछि बिहीबार बिहानदेखि फरार रहेको प्रहरीले बताएको छ । सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रद्द गरिएको छ ।

अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’ सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो । भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोतको दावी छ ।

आइजिपी कुँवरको भ्रमण रद्द भएको प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले बताए । मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरे पनि सरकारकै सल्लाहमा भ्रमण रद्द गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.