भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइपुगे चिनियाँ रक्षामन्त्री, भेटवार्तामै व्यस्त

आइपुगे चिनियाँ रक्षामन्त्री, भेटवार्तामै व्यस्त

काठमाडौं । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

भारतीय विदेश सचिव फर्किएलगत्तै भएको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण मानिएको छ ।विमानस्थलबाट सीधै चिनियाँ दूतावास पुगेका उनले औपचारिक भेटवार्तालाई तीब्रता दिएका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्ने कार्यक्रम पनि तय भएको छ ।

chinजंगीअड्डापछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् । बालुवाटारपछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने छन् । राष्ट्रपतिलाई भेटेपछि उनी सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.