भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

आगलगीबाट ३५ लाखको क्षति

आगलगीबाट ३५ लाखको क्षति

जलेश्वर, । महोत्तरीको सोनमा गाउँपालिका– १ स्थित सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा गए राति आगलगी हुँदा रु ३५ लाख बराबर क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गए राति अचानक आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलगीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.