आजदेखि सिनेमा हलको अनुगमन

आजदेखि सिनेमा हलको अनुगमन

काठमाडौं । चलचित्र विकास बोर्डले मंगलबारदेखि काठमाडौंका सिनेमा हल अनुगमन गर्ने भएको छ ।

राज कटुवाल संयोजकत्वको टोलीले काठमाडौंसहित मुलुकभरका हल अनुगमन गर्ने भएको हो ।

कटुवाल नेतृत्वको अनुगमन समितिमा बोर्डका अधिकृत, गृह मन्त्रालय र राजस्व विभागका प्रतिनिधि पनि सहभागी हुने भएका छन् ।

बोर्डको सहमतिबिना रात्री शो चलाएको गुनासोपछि कारबाहीका लागि बिग मुभिज, बीएसआर मुभिज र एफक्यूब सिनेमाजलाई राजस्वमा उजुरी गरिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.