भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आज फेरी प्रचण्ड –माधव र केपी ओलीबीच बालुवाटारमा वार्ता

आज फेरी प्रचण्ड –माधव र केपी ओलीबीच बालुवाटारमा वार्ता

१ श्रावण २०७७ काठमाडौं । नेकपाका तीन शीर्ष नेता बालुवाटारमा वारपारको वार्तामा जुटेका छन् । ६ दिन सम्म कुनै निष्कर्ष ननिकालेका नेताहरु फेरी वारपारको सम्वादमा जुटेको दाहाल सचिवालयले जनाएको छ ।

निकास नदिएपछि अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपालबीच आज वार्ता भइरहेको बताइएको छ । ओली र प्रचण्ड एक्लाएक्लै धेरैपटक छलफलमा बसे पनि सहमति नजुटेपछि माधव नेपाल पनि आजको वार्तामा सहभागी भएका हुन ।

एक व्यक्ति एक पदको कुरालाई मुख्य विषय बनाएर कुराको उठान भएको स्रोतले बतायो । असार १० गतेबाट सुरू भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि पार्टी फुटको संघारमा पुगेको थियो । त्यसै कारण स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.