भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

रञ्जिता श्रेष्ठ कुरुद्ध, टीकापुरमा बसेर गरेको निर्णय नमान्ने चेतावनी

रञ्जिता श्रेष्ठ कुरुद्ध, टीकापुरमा बसेर गरेको निर्णय नमान्ने चेतावनी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन्। विवाद उत्कर्षमा पुगेपछि पहिले प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको हो ।

प्रमुख सचेतक पदमा रहेका गंगाराम चौधरी डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो। संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ।

यता प्रमुख सचेतक बनाइएका लालवीर चौधरीले भने संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरिएको जानकारी दिँदै आफूहरु काठमाडौं आइपुगेको जनाएका छन् । आफूलाई संसदीय दलको नेताबाट हटाइएको बारेमा कुनै जानकारी नभएको रञ्जिताले बताएकी छन्। टीकापुरमा बसेर गरेको निर्णय नमान्ने उनको प्रतिक्रिया छ ।

 


Thali Mobile Pvt.Ltd.