काठमाडौं । आठबीस नगरपालिका दैलेखमा नगर प्रमुखमा एमाले उम्मेदवार तर्कबहादुर बडुवाल विजयी भएका छन् । तर्क बहादुर बडुवालले ५ हजार ३ सय ८५ मतकासाथ विजयी भएका हुन ।
निकट्तम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीले ५ हजार १ सय ३७ मत प्राप्त गरे भने नेपाल नेपाल मजदुर किसान पार्टीका धन बहादुर सिजापतीले ४ सय १५, स्वतन्त्रबाट उदयराम विश्वकर्माले १ सय ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र बहादुर विष्टले १ सय ४ मत पाएर पराजित भएका थिए ।
त्यसैगरी उपमेयरमा नेकपा एमालेकै कल्पना थापा विजयी भएकी छन् । कल्पना कुमारी थापाले ५ हजार १ सय ७५ कासाथ विजय हासिल गरेकी हुन् । प्रतिस्पर्धि नेपाली काँग्रेसकी निशा थापाले ५ हजार ४१ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी ललिता कुमारी बडुवालले ५ सय ५६, राष्ट्रिय प्रजातन्त्र पार्टीकी विमला कुमारी जैसीले १७, स्वतन्त्रका सन्दिप कुमार बि.क.ले १ सय १२ मत ल्याएर पराजय भोग्न पुगे । वडाध्यक्षमा नकपा एमालेले ५ वडा र नेपाली काँग्रेले ४ वडा जितेका छन् ।
एमालेले जितेका वडा र प्राप्त मत
वडा नं. १ बम बहादुर रावते ५ सय ४० मलते विजयी भएका छन् भने, प्रतिस्पर्धि नेपाली काँग्रेसका पदमसिं विश्वकर्माले ४११, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)का पूर्ण बहादुर थापाले ३८०, नेपाल मजदुर किसान पार्टीका मोती कामीले १ सय ४ र स्वन्त्रका चेत कामीले ४९ मत प्राप्त गरे ।
वडा नं २ मा कलम कामीले ५ सय ४ ले विजयी भए भने प्रतिस्पर्धि नेपाली काँग्रेसका मान बहादुर शाहीले १ सय ९६, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महेश नेपालीले १५ र स्वतन्त्रका मोतीराम खनालले २ सय १ मतका साथ पराजय भोगे ।
वडा नं ४ को वडाध्यक्षमा एमालेका टेक बहादुर माझीले ६ सय ६९ मतले विजय भए । प्रतिस्पर्धि नेपाली काँग्रेसका डम्बर बहादुर सावद माझीले ६ सय १२ मतका साथ पराजय भोगे ।
वडा नं ६ को अध्यक्षमा एमालेका नवराज शर्माले ८ सय ६१ मतले विजयी हासिल गरे । प्रतिस्पर्धि नेपाली काँग्रेसका रंग पुरीले ५ सय २१ र स्वतन्त्रका प्रकाश बिश्वकर्माले ४० मत प्राप्तगरी पराजय भोग्न बाध्य भए ।
वडा नं ८ को वडाध्यक्षमा एमालेका अदल शाही ४ सय ९७ मतकासाथ विजयी भए । प्रतिस्पर्धिमा नेपाली काँग्रेसका मुक्ती प्रसाद उपाध्यायले ४ सय ७५, नेपाल मजदुर किसान पार्टीका राम बहादुर बडुवालले २ सय ८२, स्वतन्त्रका लोग बहादुर कार्कीले १४, राष्ट्रिय प्रजातन्त्र पार्टीका भिम बहादुर विश्वकर्माले ११, माओवादी केन्द्रका मोहन शाही २ मतका साथ पराजय भोगे ।
नेपाली काँग्रेसले जितेका वडा र प्राप्त मत
वडा नं ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नगेन्द्रराज कार्कीले ५ सय १५ मतकासाथ विजयी हासिल गरे । प्रतिस्पर्धि एमालेका गगन कार्कीले ४ सय ६८, माओवादी केन्द्रका लोकेन्द्र बहादुर शाहीले २ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका डबल बहादुर शाहीले १२ मत प्राप्त गरी पराजय भोगे ।
वडा नं ५ मा नेपाली काँग्रेसका तर्फबाट बजिर सिंह विकले ६ सय ७५ मतले विजयी भए । प्रतिस्पर्धि एमालेका कर्ण बहादुर लामिछानेले ६ सय १५, नेपाल मजदुर किसान पार्टीका दिपक बहादुर बुढा मगरले १३ र माओवादी केन्द्रका मयाराम मगरले ९ भोटका साथ पराजय भोगे ।
वडा नं ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका जैसिंह कठायत ७ सय ६ ल विजयी भए । प्रतिस्पर्धि एमालेका डिल्ली प्रसाद उपाध्यायले
४ सय ७३, माओवादी केन्द्रका राम बहादुर वि.क.ले १ सय ५ र नेपाल मजदुर किसान पार्टीका डबल बहादुर कठायतले ८३ मत प्राप्त गरे ।
वडा नं ९ को वडाध्यक्षमा नेपाली काँग्रेसका शेर बहादुर सिजापतीले ४९६ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धि नेपाल मजदुर किसान पार्टीका बिष्णु बहादुर कठायतले ३ सय ८२ , एमालेका गणेश बहादुर शाहीले ५६ मतका साथ पराजय भोगे ।
