भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

दोलखा वैतेश्वर गाउँपालिका अध्यक्षमा छवि लामा भारीमतकासाथ विजयी

दोलखा वैतेश्वर गाउँपालिका अध्यक्षमा छवि लामा भारीमतकासाथ विजयी

काठमाडौं । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका छवि लामा  अत्यधिक मतले विजयी भएका छन् । नेकपा एमालेलाई पछिपार्दै लामा दोस्रो कार्यकालका लागि विजयी भएका हुन ।

लामाले ५ हजार २ सय ९९ मत ल्याउन सफल भएका हुन भने प्रतिद्धन्दी नेकपा एमालेका माधव प्रसाद घिमिरेले ३ हजार १ सय ७२ मत प्राप्त गरे।

वैतेश्वर गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसकै कल्पना उप्रेती निर्वाचित भएकी छन् । उनले ५ हजार २ सय ७३ मत प्राप्त गरेकी छन् । गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका भिम बहादुर तामाङ १  हजार ९ सय १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै वडा नं २ मा श्‍याम कुमार तमाङ घिसिङ ५ सय ५७, वडा नं ३ मा कमल अधिकारी ९ सय २८ मत प्राप्त गरी विजयी भएका छन् । वडा नं ४ मा नेकपा एमालेका कुमार चौलागाईं ८ सय ६९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नं ५ मा नेकपा माओवादी केन्द्र, वडा नं ६ मा नेपाली काँग्रेस, वडा नं ७ मा नेकपा माओवादी केन्द्र र वडा नं ८ मा नेकपा एमाललेका उम्मेदवार निर्वाचित भएका छन् । यस अघि २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष लामाले ७ हजार १ सय ७९ मत प्राप्त गरी विजयी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.