भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भक्तपुरमा एमालले हार्नुको कारण प्राविधिक कारण : सांसद महेश बस्नेत (भिडियो सहित )

भक्तपुरमा एमालले हार्नुको कारण प्राविधिक कारण : सांसद महेश बस्नेत (भिडियो सहित )

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले जितेको नगरमा स्थानीय तह निर्वाचन २०७९ मा हार्नुको मुख्य कारण टिकट दिदा ध्यान नपुर्‍यानु रहेको बताएका छन् । बधुबार कैलाश खवरसंको कुराकानीमा सांसद बस्नेतले नेताहरुको दम्भका कारण एमाले उम्मेदावरहरुले हार व्यहोेर्नु परेको बताएका हुन । सांसद बस्नेतले एमालेप्रति जनताको मोह उच्च रहेपनि केही उम्मेदवारको अलोप्रियताले हार व्यहोर्नु परेको बताए । उनले भक्तपुरको मध्यपुर थिमिमा एमालेले हारे व्यर्होनुको कारण पूर्व मेयर मदनसुन्दर श्रेष्ठ नै रहेको तर्क गरे । एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको उनको तर्क रहेको छ ।

उनले भने, यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो । मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहयाऔं बरु प्रदेश सभामा पछि उठनुस भनेका थिएँं, मनदसुन्दरले जिद्धी गरे र उठे । यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाई थियो ।

सांसद बस्नेतले उम्मेदवार छनोटमा देखिएको केही अन्यौताले हार व्यर्होनु परे पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ७५ प्रतिशतले विजयी बनाउन पहल गर्ने बताए । उनले अबका निर्वाचनमा नेकपा एमालेलाई बहुमतका साथ देशको नेतृत्व गर्ने अवसर प्रदान गर्ने तर्क गरे । सांसद बस्नेतले टिकट दिदा भेगिय हिसाबले नदिदा पनि उम्मेदवारले हार व्यर्होनु परेको बताए । (भिडियो सहित )

 


Thali Mobile Pvt.Ltd.