भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भक्तपुरमा एमालले हार्नुको कारण प्राविधिक कारण : सांसद महेश बस्नेत (भिडियो सहित )

भक्तपुरमा एमालले हार्नुको कारण प्राविधिक कारण : सांसद महेश बस्नेत (भिडियो सहित )

भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले विगतमा एमालेले जितेको नगरमा स्थानीय तह निर्वाचन २०७९ मा हार्नुको मुख्य कारण टिकट दिदा ध्यान नपुर्‍यानु रहेको बताएका छन् । बधुबार कैलाश खवरसंको कुराकानीमा सांसद बस्नेतले नेताहरुको दम्भका कारण एमाले उम्मेदावरहरुले हार व्यहोेर्नु परेको बताएका हुन । सांसद बस्नेतले एमालेप्रति जनताको मोह उच्च रहेपनि केही उम्मेदवारको अलोप्रियताले हार व्यहोर्नु परेको बताए । उनले भक्तपुरको मध्यपुर थिमिमा एमालेले हारे व्यर्होनुको कारण पूर्व मेयर मदनसुन्दर श्रेष्ठ नै रहेको तर्क गरे । एमालेप्रति नभई मदनसुन्दर श्रेष्ठप्रतिको वितष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको उनको तर्क रहेको छ ।

उनले भने, यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो । मैले त उम्मेदबारी दिंदा नै मदनसुन्दरलाई नदोहयाऔं बरु प्रदेश सभामा पछि उठनुस भनेका थिएँं, मनदसुन्दरले जिद्धी गरे र उठे । यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाई थियो ।

सांसद बस्नेतले उम्मेदवार छनोटमा देखिएको केही अन्यौताले हार व्यर्होनु परे पनि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीलाई ७५ प्रतिशतले विजयी बनाउन पहल गर्ने बताए । उनले अबका निर्वाचनमा नेकपा एमालेलाई बहुमतका साथ देशको नेतृत्व गर्ने अवसर प्रदान गर्ने तर्क गरे । सांसद बस्नेतले टिकट दिदा भेगिय हिसाबले नदिदा पनि उम्मेदवारले हार व्यर्होनु परेको बताए । (भिडियो सहित )

 


Thali Mobile Pvt.Ltd.