भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

निरन्तरको वर्षाले तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध, आवश्यक सतर्कता अपनाउन अनुरोध

निरन्तरको वर्षाले तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेश प्रदेशमा पानी परिरहेको छ । लगातार वर्षा भइरहँदा नदीमा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सप्तरीको चौरिया नदीमा पानीको तहले खतराको संकेत पार गरेको छ भने लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको मौसमविद् विनु महर्जनले बताइन् ।

दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महर्जनले बताइन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

भारी वर्षा, मेघगर्जन, चट्याङ र बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

विभागको विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध भएका छन् । यस्तै १३ वटा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ । हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको छ भने ७३ वटा अवरुद्ध भएको तथ्यांक छ ।

 


Thali Mobile Pvt.Ltd.