भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की |

आपसी झगडामा साथीको हत्या

आपसी झगडामा साथीको हत्या

झापा । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिङ्देनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि मेची अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.