भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

काभ्रेपलाञ्चोक । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो ।

स्थानीय रोटरी नेपालसँगको सहकार्यमा अक्सिजनसहितको आइसोलेशन बनाउन थालिएको नगरप्रमुख भीमप्रसाद न्यौपानेले बताउनुभयो । “सम्भावित दुर्घटनाबाट बालबालिकालाई जोगाउन अहिल्यै पूर्वतयारीस्वरुप आइसोलेशन बनाउन थालेका हौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार तत्कालीन अवस्थामा आवश्यकता परे वैकल्पिक व्यवस्थापनका लागि समेत नगरपालिकामा छलफल भइरहेको छ ।

नगरपालिकाले कोरोनाको दोस्रो लहर शुरु भएपछि वैशाख अन्तिम साता २५ शय्याको अक्सिजनसहितको आइसोलेशन व्यवस्थित गरेको थियो । पनौतीमा हाल ८० महिलासहित १५८ कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने दुई दर्जन बढीको मृत्यु भएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसीएमसी०ले गत जेठ अन्तिम साता आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएअनुसार जिल्लास्थित अस्पताललाई २०५ शय्या छुट्याउन लगाउने निर्णय गरेको छ ।

धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, बनेपास्थित शिरमेमोरियल र भोमी अस्पताललगायतलाई प्रारिम्भक चरणका २०५ शय्या छुट्याउन अनुरोध गरिने केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए। उहाँका अनुसार प्रक्षेपणअनुसार बालबालिकामा सङ्क्रमण फैलिए स्थानीय तहलाई समेत बालबालिकाका लागि छुट्टै अक्सिजनसहितको आइसोलेशनकक्ष निर्माण गर्न लगाइनेछ ।

यसैबीच जिल्लामा केही दिनदेखि सङ्क्रमणदर घटेको र सङक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ४९ मा कोरोना सङ्क्रमण पुष्टि भयो भने २०५ सङ्क्रमणमुक्त भएका हुन् । अघिल्लो दिन ३४ व्यक्तिमा कोरोना सङ्क्रमण देखियो भने ८८ सङ्क्रमणमुक्त भएका थिए । पछिल्लो केही दिनदेखि जिल्लामा मृत्युदर सङ्ख्या शून्यमा ओर्लिरहेको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्म यहाँ १५८ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

हाल जिल्लामा एक हजार ३६९ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २५३, धुलिखेलमा २७२, पाँचखालमा ८३, नमोबुद्धमा ८७, मण्डनदेउपुरमा ११२ तथा रोशी गाउँपालिकामा ८४, चौँरीदेउरालीमा ५५, तेमालमा १५, भुम्लु १०६, खानीखोलामा २४, बेथानचोकमा १६ र महाभारतमा १०४ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.