भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

आफ्नै निर्णयमा अडिग नभएको सरकारसंग हामीले कस्तो अपेक्षा राख्ने ?

आफ्नै निर्णयमा अडिग नभएको सरकारसंग हामीले कस्तो अपेक्षा राख्ने ?

सस्तो लोकप्रियताका लागि बलिको बोको नबन्नुहोस्, बोल्न त भर्खरै जन्मेको बच्चालाई पनि आउँछ तर उसको भाषा उसको आमालाई मात्र थाहा हुन्छ, त्यसैले कर्णाली प्रदेश सबैभन्दा कान्छो प्रदेश भएर पनि सबैभन्दा पहिला नाम र राजधानी पाउने प्रदेश हो । म त्यो प्रदेशको नागरिक हुनुमा मलाई गर्व छ ।

सबैभन्दा पहिला त नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सबैको साझा महासंघ हो भन्न चाहन्छु । आउँदो महासंघको महाधिवेशनको तयारी स्वरुप केही दलालहरु चाकडीको लागि विभिन्न संयन्त्र धाएको जस्तो देखाउनुलाई कसरी बुझ्नु ? यो त्यही संयन्त्र हो, जो हिजो संघ र संस्था खारेजको निम्ति तत्कालीन दुइतिहाइको सरकारलाई आफू हारेको ह्याङ्ग उतार्नको लागि आफ्नो पुर्व अस्तित्वसमेत बेचेर लागेको थियो ।

याद रहोस् ती दलाललाई जो चाकडी मै रमेका छन् । आउँदो महासंघ पहिलाको भन्दा भारी हुने सिनारियो देखिएको छ । फेसबुकमा फोटो प्रदर्शन गर्दैमा दुधले नुहायको मानिदैन । अहिले भइरहेका हर्कतको बारेमा यातायात व्यवसायीहरु पुर्ण जानकार छन् । यति हुँदै गर्दा प्रजातान्त्रिक यातायातको भुमिका के हो ? हामीलाई प्रष्ट पारिदिनुहोस् । महासंघले निभाएको भुमिकाको श्रय गैर व्यवसायीले लिन खोज्दा महासंघ किन मौन छ ?

महासंघका अध्यक्षको सोलोमोसनमा काम गर्ने र काम भएपछि मात्र बोल्ने शैलीलाई कमजोरीको रूपमा यदि कसैले लिएको छ भने त्यो भन्दा घातक अरु केही हुने छैन । सरकारले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भन्दा अरु कुनै महासंघलाई चिन्दैन । अन्तमा जिम्मेवार महासंघका पधाधिकारीहरुले हिजो सोचेर बोल्नुपर्ने थियो, आवेग र उत्तेजित शब्दहरु बोल्दा कहाँसम्म असर गर्छ भनेर ।

सरकार भनेको सरकार नै हो । राज्यको नीति र नियम भन्दा बाहिर कोहि जान सक्दैन तसर्थ आवेग र उत्तेजनामा आएर जबरजस्ती गाडीहरु संचालन गर्छौ भन्ने भाषा बोलेता पनि अबका दिनमा सद्बुद्दी पलावस । नेता उसलाई मान्नुहोस् जसले तपाईंलाई चिन्छ । तपाईंले चिन्ने त धेरै हुन सक्छन् । मैले बारम्बार मिडियामा पनि भनेको छु सरकारले गरेको निर्णय नै ठुलो हो ।

केही केन्द्रिय लेबलका यातायात व्यवसायीहरूको उत्ताउलो पन देखेर दया लाग्छ । सस्तो लोकप्रियताका लागि बलिको बोको नबन्नुहोस् । होईन, घमण्ड उतार्नु नै छ भने असोज १ देखि खोके अनुसार गाडीहरू चलाएर देखाउनुहोस् । बोल्दैमा कोहि ठुलो हुदैन । बोल्न त भर्खरै जन्मेको बच्चालाई पनि आउँछ तर उसको भाषा उसको आमालाई मात्र थाहा हुन्छ ।

कर्णाली प्रदेश जो सबैभन्दा कान्छो प्रदेश भएर पनि सबैभन्दा पहिला नाम र राजधानी पाउने प्रदेश हो । म त्यो प्रदेशको नागरिक हुँ । मलाई गर्व छ, कर्णाली प्रदेशको नागरिक हुनुमा । के गर्व गर्नु त्यो मान्छेसंग जसले आफ्नो अस्तित्व र पहिचानको आजसम्म बचाउ गरेको छैन । धैर्य गर्नु होला असोज ५ पनि यसरी निर्णय भाको हो जसरी भदौ (१,भदौ १६, असोज १ बाट असोज ५ गते आफ्नो सरकारी निर्णयलाई बारम्बार यसरी बदर गर्नु र निकास नदिनु भनेको तानाशाही प्रवृतिको पराकाष्ठा हो । आफ्नै निर्णयमा अडिग नभएको सरकारसंग हामीले कस्तो अपेक्षा राख्ने ?

आफै मुल्यांकन गर्नु होस् । सबै व्यवसायीलाई सबै खालको सुबिधा दिलाउने सरकारले यातायात व्यवसायी र मजदुरको लागि कुन योजना ल्यायो ? कृपया एउटा उदाहरण दिनु होला । अहिले प्रधानमन्त्री र यातायातमन्त्रीको भित्ते ज्वाइँहरुको चर्तिकला हेर्दा बिगतमा नेपाल सरकारसंग सहकार्य गरेर आज यहाँसम्म कसरी पुगेको हो महासंघ भन्ने कुरा तिनिहरुलाई हेक्का हुनुपर्ने हो । आफै… के आफै झाँक्री भन्ने थाहा हुँदाहुँदै किन अझै ¥याल काड्छौ । नकारात्मक भुमिका हुदैन थियो भने आज परिस्थिति फरक हुने थियो । जय यातायात

रमेश सापकोटा, व्यवसायी (सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.)

 


Thali Mobile Pvt.Ltd.