भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

खुल्ने भएसार्वजनिक यातायात र हवाई उडान, व्यवसायी उत्साहित

खुल्ने भएसार्वजनिक यातायात र हवाई उडान, व्यवसायी उत्साहित

काठमाडौं । सरकारले अन्तरजिल्ला तथा लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ चैत २०७६ बाट बन्द भएको छोटो, मध्यम र लामो दुरीका यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसका संक्रमित काठमाडौंमा देखिएपछि सरकारले ११ चैतबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो । त्यसपछि असारमा लकडाउन खुले पनि मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन भएका थिएनन् । लकडाउन खुलेपछि पनि स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमणको अवस्था हेरेर निषेधाज्ञा गरेका थिए ।

जसका कारण सार्वजनिक सवारी साधन ग्यारेजमा थन्किएका थिए । सुरक्षा मापदण्ड पालना गरेर लामो दुरीका यातायात र आन्तरिक हवाई उडान सञ्चालन गर्ने निर्णय भएको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले व्यवसायीको मागलाई सम्बोधन गर्दै अन्तरजिल्ला तथा लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय भएको बताए ।

दसैंमा घर फर्कनका लागि सहज गराउने उद्देश्यले समेत समयमै अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय भएको हो । यस वर्ष कात्तिकमा दसैं परेको छ । यातायात व्यवसायीहरुले समेत करिब ६ महिनादेखि सवारी साधन सञ्चालन गर्न नपाएका कारण घाटा बेहोर्नुपरेको भन्दै १ असोजबाट अनुमति नदिए पनि सवारी साधान सञ्चालन गर्ने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.