भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

आफ्नो रंगशालालाई इटलीको नापोलीले म्याराडोना नामाकरण गर्ने

आफ्नो रंगशालालाई इटलीको नापोलीले म्याराडोना नामाकरण गर्ने

काठमाण्डौ । स्वर्गीय खेलाडी डिएगो म्याराडोनाको नामबाट इटलीको नापोलीले आफ्नो रंगशालालाई नामाकरण गर्ने भएको छ । अर्जेन्टीनाका पूर्व मिडफिल्डर तथा प्रशिक्षक म्याराडोनाको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएपछि नापोलीले आफ्नो रंगशालाको नाम म्याराडोनाको नामबाट नामकरण गर्ने भएको हो ।

सन् १९८४ मा बार्सिलोनाबाट नापोली पुगेका म्याराडोनाले त्यहाँ ७ वर्ष बिताएका थिए । सिरी ुएु बाहेक उनले क्लबलाई सन् १९८७ मा कोपा इटालिया र सन् १९८९ मा यूईएफए कप र इटालियन कपको उपाधि पनि दिलाएका थिए ।
म्याराडोनाले नापोलीलाई सन् १९८७ र १९९० मा सिरी ुएु उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । नापोलीको सिटी काउन्सिलको बैठकले स्टुडियो सान पाउलोलाई डिएगो अर्मान्डो म्याराडोना नामबाट सम्बोधन गर्न स्वीकृति दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.