भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

आयोजकले नै पायो चुली कपको उपाधि

आयोजकले नै पायो चुली कपको उपाधि

कर्णाली । वीरेन्द्रनगरमा सम्पन्न प्रथम चुलीकप भलिबल प्रतियोगिताको उपाधि आयोजक चुली युवा क्लबले नै हात पारेको छ । प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा रुकुम पश्चिमको टोलीलाई हराउँदै चुली युवा क्लबले उपाधि जितेको हो । फाइनल प्रतियोगितामा रुकुम पश्चिमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधि हात पा¥यो । विजेता चुली युवा क्लबले रु दुई लाख र टर्फी पाएको छ ।

उपाधिको दाबेदार रुकुम पश्चिमले भने उप–विजेतामा चित्त बुझाउनुप¥यो । उसले नगद रु एक लाख ५० हजार र टर्फी पायो । भलिबल प्रतियोगितामा हाम्रो कम्प्युटर इन्स्टिच्युट सुर्खेतको टोली तेस्रो तथा सल्यानको बनगाड कुपिण्डे युवा क्लब चौथो भएको छन् । तेस्रोले नगद रु एक लाख र चौथोले रु ५० हजारसहित टर्फी पाएका छन् । आयोजकका अनुसार कर्णाली प्रदेशमा आयोजना भएका भलिबल प्रतियोगितामा यो हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो । विजेता टोलीलाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पुरस्कार वितरण गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.