भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

आरोपी कोली कारागार चलान

आरोपी कोली कारागार चलान

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका – ४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई कारागार चलान गरिएको छ । कोलीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीमाथि गत मङ्सिर १३ गते घाँटी रेटेर हत्या गरेको आरोप छ । सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीविरुद्ध मायाको घाँटी रेटेर हत्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएको आरोप छ ।

घटनापछि फरार रहेका कोलीलाई प्रहरीले मङ्सिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको थियो । कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो । उनले माया लुहारको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.