भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नीमा बाढीबाट हजारौँ विस्थापित

सिड्नी, । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यधिक वर्षा र त्यसपछिको बाढीले यस क्षेत्रको जनजीवन अत्यन्त असुरक्षित र चुनौतीपूर्ण रहेको उनीहरूको भनाई छ । स्थानीय सरकारी अधिकारीहरूले पनि सुरक्षित स्थान तर्फ जान र बाढी पहिरोबाट जोगिन सबैलाई अनुरोध गरेका छन् । झण्डै ५० हजार मानिस विस्थापित हुनुपर्ने उनीहरूले बताएका छन् । पछिल्लो चार दिनमा झण्डै आठ महिनामा पर्ने वर्षा भएको छ । बाढीका कारण सडक अवरुद्ध भएको छ भने केही घरहरू पानीमा डुबेका छन्।

आपूर्ति बन्द हुँदा हजारौँ मानिसले बिजुली प्रयोग गर्न पाएका छैनन् । बाढीले न्यू साउथ वेल्सका धेरै ठाउँ बढी प्रभावित भएका छन् । ग्रेटर सिड्नी भनिने तीन ठूला सहर भएको भूभागमा अहिलेको आपतकालीन अवस्थामा १०० वटाभन्दा बढी स्थानान्तरणको निर्देशन जारी गरिएको छ । जोखिम भएका ठाउँ छाड्न स्थानीय बासिन्दालाई गरिएको आग्रहलाई वेवास्ता नगर्न पनि अधिकारीहरूले ध्यानाकर्षण गराएका छन् । जोखिम भएका स्थानका व्यक्तिलाई अन्यत्र जानका लागि स्वयंसेवक तथा सुरक्षाकर्मीहरूले पनि सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.