भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आहै संसद्को गरीमा ! एमालेको असली चरित्र याे उपद्राेले देखायाे

आहै संसद्को गरीमा ! एमालेको असली चरित्र याे उपद्राेले देखायाे

काठमाडौं । दुइपटक सम्म संसद्को हत्या गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा एमालेले संसद् भित्र उपद्रो मचाइरहेको छ । शुक्रबार संसद् चलिरहेका बेला सांसद रेखाकुमारी झाले गृहमन्त्रीको टेबलमा रहेको माइक झिकेर सभामुख र अर्थमन्त्रीको टाउको फुटाइदिने हर्कत गरिन तर सफल हुन सकिनन् । कारण मर्यादापालकले माइक खोसिदिए ।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाए । सवा १ बजे सुरु भएको बैठकमा राष्ट्रिय गानपछि सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश नगर्दै प्रमुख प्रतिपक्ष एमालेका सांसदले रोस्ट्रममा नाराबाजी गर्न सुरु गरे । आजको बैठकको कारबाही प्रारम्भ हुन्छ नभन्दै एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी चल्न थाल्यो ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका बेला सांसद नरबहादुर धामीलाई उचालेर रोस्ट्रमतर्फ अघि बढाउन खोज्दा मर्यादापालकले रोके । उता एमालेकी सचेतक शान्ता चौधरीले पशुगत हविगत देखाउन थालिन् । सबैभन्दा अगाडि वेलमा पुगेर मर्यादापालकको बीचबाटै छिरेर रोस्ट्रमतिर जान खोजेकी चौधरीलाई पनि मर्यादापालकले रोके ।

सभामुखविरुद्ध चर्को नाराबाजी गर्दै रोस्ट्रमतर्फ घेर्न खोजिरहेका एमालेका सांसदलाई रोक्न मर्यादापालकलाई हम्मेहम्मे मात्रै भएन स्याँ स्याँ र फयाँ फयाँ प¥यो । सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको नियम २१ बारम्बार सम्झाइरहेपनि नाराबाजी रोकिएन ।

संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाको न्याय निरूपणमा प्रभावित गर्ने विषयमा बहस र छलफल गर्न बन्देज लगाएको दोहोर्‍याइरहे तरपनि नाराबाजी चलिरयो । त्यसपछि सभामुख सापकोटाले १५ मिनेट बैठक स्थगन गरे भने मर्यादापालक चुराका टुक्रा टिप्न तर्फ लागे । भीडभाड हेर्दा लाग्थ्यो अमेरिकाले एमसीसी पास गरेर अहिले नै सेनाले बुटबजार्न थालेको जस्तो दृश्य देखिन्थ्यो ।

एमालेले १४ जना सांसदमाथि कारबाही नगरेको आरोप लगाएर सभामुख सापकोटामाथि यसरी आक्रमण गर्नु एमालेको पशुवत व्यवहार हो भनेर धेरैले कद काटे । एन नियम र राष्ट्रका महत्वपूर्ण विषयमाथि छलफल गर्ने थलोमा जनताका बारेमा भन्दा पनि आफ्नै स्वार्थले भरिएको एमाले उपद्रोले के सन्देश दिन खोजेको हो त्यो भने एमालेले नै जानोस् ।

 


Thali Mobile Pvt.Ltd.