भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

इङल्याण्डले बनायो ५७८ रन, रुटको दोहोरो शतक

इङल्याण्डले बनायो ५७८ रन, रुटको दोहोरो शतक

एजेन्सी । भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा इङल्याण्ड ५ सय ७८ रन बनाएर अल आउट भएको छ। इङल्याण्डका लागि कप्तान जो रुटले दोहोरो शतक प्रहार गरेका छन्। रुट २१८ रन बनाएर आउट भएका थिए। त्यस्तै इङल्याण्डका लागि डोम सिबलीले ८७ रन बनाए भने बेन स्टोक्सले ८२ रनको पालि खेलेका थिए ।

त्यस्तै ओली पोपले ३४, रोरी बर्न्सले ३३, जस बटलरले ३० रन बनाएका थिए। त्यसैगरी जोफ्रा आर्चर र डान लरेन्स शुन्यमा आउट भएका थिए। त्यस्तै डोम बेसले ३४ र ज्याक लीचले १४ रन बनाए।बलिङ तर्फ जसप्रित बुमराह र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए भने इशान्त शर्मा र शहबाज नदीमले २–२ विकेट लिएका थिए। भारतले जवाफी व्याटिङ थालेको छ।

 


Thali Mobile Pvt.Ltd.