भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इङल्याण्डले बनायो ५७८ रन, रुटको दोहोरो शतक

इङल्याण्डले बनायो ५७८ रन, रुटको दोहोरो शतक

एजेन्सी । भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा इङल्याण्ड ५ सय ७८ रन बनाएर अल आउट भएको छ। इङल्याण्डका लागि कप्तान जो रुटले दोहोरो शतक प्रहार गरेका छन्। रुट २१८ रन बनाएर आउट भएका थिए। त्यस्तै इङल्याण्डका लागि डोम सिबलीले ८७ रन बनाए भने बेन स्टोक्सले ८२ रनको पालि खेलेका थिए ।

त्यस्तै ओली पोपले ३४, रोरी बर्न्सले ३३, जस बटलरले ३० रन बनाएका थिए। त्यसैगरी जोफ्रा आर्चर र डान लरेन्स शुन्यमा आउट भएका थिए। त्यस्तै डोम बेसले ३४ र ज्याक लीचले १४ रन बनाए।बलिङ तर्फ जसप्रित बुमराह र रविचन्द्रन आश्विनले ३–३ विकेट लिए भने इशान्त शर्मा र शहबाज नदीमले २–२ विकेट लिएका थिए। भारतले जवाफी व्याटिङ थालेको छ।

 


Thali Mobile Pvt.Ltd.