भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पत्रकार पीडितकाे ‘आइफोन’

पत्रकार पीडितकाे ‘आइफोन’
मैले त ‘आइफोन’ (iphone) बोक्ने कुरा सपनामा पनि चिताएको थिएन । गोठालोको छोराको ‘आइफोन’ किन्ने हैसियत पनि थिएन ! ज्यान पाल्न मुश्किल परिरहेको बेला ‘आइफोन’ त आकाशको फल नै थियो मेरो लागि ।
अरुले ‘आइफोन’ बोकेको देख्दा चाहिँ खुब डाहा लाग्थ्यो मलाई । कुनै दिन धन कमाए भने म पनि ‘आइफोन’ बोक्नेछु भनेर मन बुझाउँथे ।
तर आज तमास भयो । सपनामा नचिताएको कुरा ‘आइफोन’ समात्न पाए । मेरो हातमा पनि ‘आइफोन’ पर्यो । वाह ! कस्तो गज्जब ! म त मख्ख परेँ । अमेरिका बस्ने मेरो एउटा विद्यार्थीले मलाई उपहारस्वरूप ‘आइफोन’ पठाइ दियो । ‘आइफोन’ हातमा परेपछि रातभर निद्रा लागेन । छातिमा टाँसेर बिहान कहिले होला भनेर साेचीरहेँ ।
एकनासले घडी हेरिरहें । कतिखेर उज्याे हाेला यही कल्पनामा डुबिरहेँ । यही कुरा साेच्दा साेच्नै कतिखेर निदाएछु ।  पत्तै पाएन, जब ब्युँझे । छातीमा ‘आइफोन’ थिएन । आत्तिएँ ! यताउती खोजे, चारैतीर खाेजेँ । काेठा भरी हेरेँ । अँह भेटिएन । कता पाे परेछ ? कुच्चाेले काेठा सफा गरेँ अहः भेट्दै भेटिन ।
कता हरायाे हाेला त मेराे ‘आइफोन’ ! त्यसपछि झल्यास्स ब्युँझिए …
हत्तेरिका ! त्यो त सपना पो रहेछ । ओहो….हो ! कस्तो मीठो सपना…। किन निद्राबाट ब्युँझेछु ? भनेर अहिलेसम्म थै थै लाछ ।
केएल पीडित, पत्रकार (घाेराही दाङ)

 


Thali Mobile Pvt.Ltd.